जब सृष्टिले कोट्याइन् नाजिरको ‘टिन्डर’ किस्सा… « Khabarhub

जब सृष्टिले कोट्याइन् नाजिरको ‘टिन्डर’ किस्सा…


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको कुपण्डोलस्थित एक हलमा बुधबार एक कार्यक्रमको आयोजना गरी फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा लेखक एवम् निर्देशक दीपेन्द्र गौचन, नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ लगायत फिल्मका अन्य कलाकार र प्राविधिकहरूको उपस्थिति थियो ।

ट्रेलरमा नाजिर र सृष्टि प्रेमिल भावमा प्रस्तुत भएका छन् । फिल्ममा नाजिर राम र सृष्टि सीताको भूमिकामा रहेको ट्रेलरले खुलाएको छ । निर्देशक गौचनका अनुसार फिल्ममा ९५ प्रतिशत ‘स्क्रिन टाइम’ नाजिर र सृष्टिको भूमिकाले पाएको छ ।

ट्रेलरअनुसार राम र सीताको भेट ‘डेडिङ साइट’बाट भएको हुन्छ । त्यो कुरा नाजिरको संवादबाट थाहा हुन्छ । नाजिरले सृष्टिलाई भन्छन्, ‘तपाईं यति राम्री हुनुहुन्छ, तर डेटिङ साइटमा किन ? तपाईंलाई त केटी पाउन गाह्रो नहुने पर्ने हो !’

ट्रेलर सार्वजनिक पश्चातको कुराकानीमा नाजिरलाई यही संवादसँग सम्बन्धित प्रश्न सोधिएको थियो । ‘कहिल्यै डेटिङ एप प्रयोग गर्नुभएको छ ?’ भन्ने प्रश्नमा नाजिरले ‘छैन’ भन्ने जवाफ फर्काए ।

सँगै नाजिरलाई ‘केही किस्सा छ ?’ भनेर सोधिएको थियो । यसको जवाफ भने सृष्टिले दिइन् । उसको साथीसँगको प्रसङ्ग हो भनेर सृष्टिले बोल्दै गर्दा नाजिरले बीचमै रोके र भने, ‘साथी होइन पूर्वप्रेमिकासँगको हो ।’

अनि सृष्टिले थपिन्, ‘उसको साथीको र प्रेमिकाको डेटिङ एप टिन्डरमा भेट भएको हो भनेर नाजिरलाई सुनाएछन् । अनि नाजिरले टिन्डर भनेको कुन ठाउँ हो ? भनेर सोधेछ ।’

नाजिरले पनि यो घटना सत्य भएको स्वीकार गरे । उनले अगाडि भने, ‘यो विदेशमा भएको किस्सा हो । विदेशमै भएकाले टिन्डर भनेको ठाउँको नाम होला जस्तो मलाई लाग्यो । अनि कहाँ छ भनेर सोधेँ । पछि टिन्डर डेटिङ एप भन्दा लाज लाग्यो ।’

हेर्नुहोस् फिल्मको ट्रेलर :

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ५९ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न