रास्वपाको तर्क- सहकारीको रकम जीबीले ल्याए, सजाय पनि उनैलाई दिनू, रवि निर्दोष छन् « Khabarhub

रास्वपाको तर्क- सहकारीको रकम जीबीले ल्याए, सजाय पनि उनैलाई दिनू, रवि निर्दोष छन्


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोर्खा मिडिया नेट्वर्कमा विभिन्न पाँच सहकारी संस्थाको बचन रकम गितेन्द्रबाबु राई (जीबी) ले ल्याएकाले सजायको पनि उनैलाई हुनुपर्ने तर्क गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरहेकोले उनी दोषी नरहेको दोहोर्‍याएका हुन् ।

रास्वपाले अहिले जारी प्रदर्शन निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेलविरुद्ध भएको पनि बताएको छ।

रास्वपाले लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर बदनियत राखी हिरासतमा लिएको भन्दै आपत्ति जनाएको हो ।

संसदीय छानबिन समितिको छानबिनबाट सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको तथ्य सार्वजनिक हुँदा पनि सरकारले प्रतिशोध सााधेको रास्वपाको तर्क छ ।

‘विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर-कानूनीरुपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेल विरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ । सहकारीमा बचत रकम हिनामिना, अपचलन वा ठगी गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठुला ऋणी र कर्मचारीको मिलेमतोमा मात्र हो’, उनले भनेका छन्, ‘तर, रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन । यस विवादित विषयलाई संगठित अपराधसँग पनि जोडिएको छ ।’

गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा कम्पनी र कम्पनीको दायित्वसम्बन्धी प्रतिपादित विश्वव्यापी सिद्धान्त अनुसार कम्पनीका निर्देशक, शेयरधारक, कर्मचारी र एजेन्टहरू अलग कानुनी व्यक्ति मानिने झाले उल्लेख गरेका छन् ।

‘कम्पनीको साझेदार ठग, चोर, डाँका, ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन । साथै, कम्पनीको सिद्धान्तअनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋण स्वरूप गोर्खा मिडिया नेटवर्कमा दिने काम गर्‍यो’, उनले अगाडि भनेका छन्, ‘सजाय पनि त्यही व्यक्तिले सजाय पाउने हो । सहकारीबाट पैसा ल्याउने काम जीबी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलनबापतको सजाय पाउने पनि जीबीले नै हो ।’

सहकारी ठगीमा कुनै संलग्नता छैन भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा त्यही आरोपमा लामिछानेमाथि मुद्दा उठान हुन नसक्ने रास्वपाको दाबी छ ।

सहकारी ठगी मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि निरन्तर हिरासतमा राख्नु न्यायोचित नहुने भन्दै अनुसन्धानको कुनै विषय बाँकी रहेको देखिएकै खण्डमा हाजिरी, जमानी, धरौटीमा राखी हिरासतमा नलिई पनि अनुसन्धान गर्न झाले माग गरेका छन् ।

‘सभापति रवि लामिछानेलाई झुटा मुद्दा लगाएर थुन्नु राजनीतिक प्रतिशोध हो । सरकारले अधिनायकवादी रवैया प्रस्तुत गरी झुठा मुद्दा लगाएर उहाँलाई गैरकानुनी थुनामा राखेकाले रास्वपाले घोर भर्त्सना गर्दछ’, उनले भनेका छन्, ‘यो सभापति रवि लामिछाने एक व्यक्तिको पक्षमा मात्र होइन, दुई तिहाइको सरकारले आफूलाई मन नपर्ने कसैलाई पनि राजनीतिक पूर्वाग्रह प्रेरित भएर थुनामा राख्न सक्ने नजिर बन्न नदिनका लागि गरिएको खबरदारी हो ।’

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : १९ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान