कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर « Khabarhub

कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको  बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय  कर्णबहादुर थापाको आज लमही अस्पतालमा  उपचारका लागि पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक  निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो । 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ३४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति