इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर « Khabarhub

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन् । २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिला भएका हुन् । ठेला चलाएरै टीकापुरमा घर बनाएका उनीमा अहिले दिक्दारी देखिन्छ ।

कुनै बेला भ्याइनभ्याइ काम पाउने उनी हिजोआज काम नपाउँदा रित्तो हात घर फर्कने गर्छन् । विगतमा उनले दैनिक रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्दथे । “हाम्रो व्यापार इलेक्ट्रिक रिक्साले ओझेलमा पारिदिएको छ”, उनले भने, “कुनै विकल्प नभएपछि बाध्यतामा मात्रै हामीलाई बोलाइन्छ ।”

काम नपाएकै कारण ठेला चलाएर गुजारा गर्न गाह्रो भएको मजदुरहरुको भनाइ छ । चाडपर्वमा झन समस्या हुने गरेको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रतीराम चौधरी बताउँछन् । “दिनभर बजारको चोक चौराहमा बस्यो, साँझ परेपछि रित्तै घर फर्कियो”, उनले भने, “खाली हात घर पुग्दा छोराछोरीले के ल्याउनुभयो भनेर खोज्न थाल्दा मन थाम्न गाह्रो हुन्छ ।”

ठेलाले काम नपाएपछि घरमै बस्नुभन्दा दैनिक ज्यालादारीको काम चहार्दै हिँड्नुपरेको चौधरी बताउँछन् । एकातिर बजार दिनप्रतिदिन खस्कँदो छ । अर्कोतिर यात्रु बोक्ने रिक्साले सामान ओसारपसार गर्न थालेपछि ठेला मजदुर मर्कामा परेका हुन् । उसो त केही वर्ष अगाडि मात्रै टीकापुरमा एकसय बढी ठेला मजदुर थिए । हाल अधिकांश विस्थापित भइसकेका छन् । ठेलाको विकल्प नभएका केहीले मात्र निरन्तरता दिएका छन् ।

“खेतीपाती गर्न जग्गाजमिन छैन, अन्य काम गरौँ सीप छैन, मजदुरी गर्नलाई नियमित काम पाइँदैन”, अर्का मजदुर सीताराम चौधरी भन्छन्, “खर्च दिनप्रतिदिन बढ्दो छ, आयस्रोत बढ्नुको साटो घट्दै जाँदा के खाने, ले लगाउने, केले छोराछोरीलाई पढाउने ?”

जोशीपुरका राधेश्याम चौधरी ठेला चलाएर पहिले मासिक रु ५० हजारसम्म आम्दानी गर्दथे । दैनिक रु पाँच हजारसम्म कमाएको अनुभव उनको छ । १८ वर्षदेखि ठेला चलाएर जीविका चलाउँदै आएका उनी विद्युतीय रिक्साका कारण पेशाबाट विस्थापित हुने अवस्थामा छन् ।

स्थानीय सरकारले मापदण्ड बनाएर सबैलाई बाँच्ने वातावरण बनाउनुपर्ने ठेला मजदुरको माग छ । जुन प्रयोजनका लागि सवारीसाधनको खरिद भएको हो त्यसैअनुसार प्रयोग हुनुपर्ने उनीहरुको माग छ ।

“हामीसँग भएको सीप त्यही हो, आज त्यो सीप काम नलाग्ने अवस्थामा छ, इलेक्ट्रिक रिक्सा किन्ने सामथ्र्य छैन”, ठेला मजदुर पर्देशी चौधरीले भने ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ४१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा