सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव « Khabarhub

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरिया – सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा लिएको छ। बेलायतको निरीक्षण गर्ने निकाय सिरियन अब्जरभिटी फर ह्युमन राइट (एसओएचआर)ले देशको आधा भन्दा बढी क्षेत्र विद्रोहको कब्जामा गएको जनाइएको छ। विद्रोही सेनाको यो नै अहिलेसम्मको सबै भन्दा ठुलो सफलता भएको जनाइएको छ।

इस्लामिक सैन्य समूह हायात ताहिर अल सामले पोस्ट गरेको भिडियो अनुसार विद्रोही सेना गाडीमा प्रवेश गरेको भिडियो सार्वजनिक गरेको छ। सरकारले भने एलेपो र इदिबिबमा विद्रोही सेनाले कब्जामा लिएको स्थान फेरि फिर्ता लिइएको दाबी गरेको छ। सन् २०११ मा प्रजातन्त्रका लागि भएको आन्दोलन पश्चात् सुरु भएको गृहयुद्धमा पाँच लाख भन्दा बढीको ज्यान गइसकेको छ।

सरकार विरुद्धमा रहेको सेनाले सुरुवातमा थुप्रै स्थान कब्जामा लिएको थियो। विस्तारै रुसको समेत सहयोग प्राप्त सरकारी सेनाले आफ्ना धेरै स्थान फिर्ता गरेको हो। इदबिब पछिल्लो समय विद्रोही सेनाले सबैभन्दा धेरै कब्जामा लिएको स्थान हो। त्यहाँ टर्कीको विद्रोही सेना तथा टर्कीको समूहको पनि असर छ।

अहिले एलेपोका सम्पूर्ण विमान सेना बन्द गरिएका छन्। सञ्चार माध्यममा त्यहाँ विद्रोहीले कब्जा गरेको भिडियो पाउन थालेका छन्। विद्रोही सेनाले सहरका मुख्य स्थानमा कब्जा जमाइसकेको छ। यसका बाबजुद सरकारले निरन्तर आफूले धपाएको तथा धेरै स्थान फिर्ता लिइसकेको दाबी गरेको छ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया