केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका « Khabarhub

केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – २० जनवरीमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पदासीन भएपछि यसले पार्ने असरको बारे अहिले नै चर्चा सुरु भएको छ।अमेरिकी विदेश नीति तथा रुस र युक्रेन नीति बारे चासो भइरहेको समयमा ट्रम्पले जनरल केथ केलोगलाई रुस र युक्रेनका लागि विशेष दूत चयन गरेका छन्।

अप्रिल महिनामा ‘अमेरिका फस्ट पोलिसी’ लेखेका ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार केलोगको चयनपछि नै ट्रम्पको विदेश नीतिका बारे धेरै अनुमान हुन थालेका छन्।

केलोग बाइडेन प्रशासनले अङ्गीकार गरेको विदेश नीतिका कटु आलोचक हुन्। उनले बाइडेन प्रशासनका कारण संसारमा अहिले अन्त्यहीन युद्धतर्फ लम्किरहेको आरोप समेत लगाउन थालेका छन्।

सन् २०१८ मा पहिलो पटक बाइडेनले युक्रेनलाई सहयोग गरेपछि रुससँग लड्ने हिम्मत पलाएको समेत जिकिर गरे। यसै समयपछि रुस र अमेरिका बिचको सम्बन्ध अझ धेरै खराब रहेको जनाइएको छ। उनले त्यसपछि सहयोग नगर्नु नै अमेरिकी गल्ती भएको विचार राखेका छन्। सन् २०२२ मा रुसले युक्रेनमा रुसले आक्रमणमा गरेको थियो। सो आक्रमण भन्दा अघि युक्रेनलाई धेरै मात्रामा हतियार उपलब्ध गराएको भए पनि युद्ध रोकिने उनको मत थियो ।

उनको नीतिमा फ्रन्ट लाइनमा युद्ध विराम गरेर युद्ध अन्त्यको सुरुवात गर्न सकिने भन्ने छ। केलोगको सम्भाव्य प्रस्तावका बारे छलफल हुन थालेका छन्। रुसले कब्जा गरेको भूमि युक्रेनले माग नगर्ने तथा ध्वस्त भएका ऊर्जा संरचना रुसले निर्माण गर्ने प्रस्ताव केलोगको हुनसक्ने छ।

अहिले ध्वस्त भएका धेरै सहरको पुर्न निर्माणको काममा नाटो तथा अन्य असंलग्न सेना राखेर तयार गर्नु आवश्यकता समेत केलोगको मतमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : १२ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब