केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका « Khabarhub

केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – २० जनवरीमा अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पदासीन भएपछि यसले पार्ने असरको बारे अहिले नै चर्चा सुरु भएको छ।अमेरिकी विदेश नीति तथा रुस र युक्रेन नीति बारे चासो भइरहेको समयमा ट्रम्पले जनरल केथ केलोगलाई रुस र युक्रेनका लागि विशेष दूत चयन गरेका छन्।

अप्रिल महिनामा ‘अमेरिका फस्ट पोलिसी’ लेखेका ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार केलोगको चयनपछि नै ट्रम्पको विदेश नीतिका बारे धेरै अनुमान हुन थालेका छन्।

केलोग बाइडेन प्रशासनले अङ्गीकार गरेको विदेश नीतिका कटु आलोचक हुन्। उनले बाइडेन प्रशासनका कारण संसारमा अहिले अन्त्यहीन युद्धतर्फ लम्किरहेको आरोप समेत लगाउन थालेका छन्।

सन् २०१८ मा पहिलो पटक बाइडेनले युक्रेनलाई सहयोग गरेपछि रुससँग लड्ने हिम्मत पलाएको समेत जिकिर गरे। यसै समयपछि रुस र अमेरिका बिचको सम्बन्ध अझ धेरै खराब रहेको जनाइएको छ। उनले त्यसपछि सहयोग नगर्नु नै अमेरिकी गल्ती भएको विचार राखेका छन्। सन् २०२२ मा रुसले युक्रेनमा रुसले आक्रमणमा गरेको थियो। सो आक्रमण भन्दा अघि युक्रेनलाई धेरै मात्रामा हतियार उपलब्ध गराएको भए पनि युद्ध रोकिने उनको मत थियो ।

उनको नीतिमा फ्रन्ट लाइनमा युद्ध विराम गरेर युद्ध अन्त्यको सुरुवात गर्न सकिने भन्ने छ। केलोगको सम्भाव्य प्रस्तावका बारे छलफल हुन थालेका छन्। रुसले कब्जा गरेको भूमि युक्रेनले माग नगर्ने तथा ध्वस्त भएका ऊर्जा संरचना रुसले निर्माण गर्ने प्रस्ताव केलोगको हुनसक्ने छ।

अहिले ध्वस्त भएका धेरै सहरको पुर्न निर्माणको काममा नाटो तथा अन्य असंलग्न सेना राखेर तयार गर्नु आवश्यकता समेत केलोगको मतमा रहेको जनाइएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : १२ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग