मकवानपुरगढीले दियो कृषकलाई अनुदान « Khabarhub

मकवानपुरगढीले दियो कृषकलाई अनुदान


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।

गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आर्थिक वर्षदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिए ।

उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा वापतको रकम अनुदान दिनेछ । ‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ’, गाउँपालिका अध्यक्ष स्याङ्तानले भन्नुभयो, ‘सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समुह, सहकारी समिति, कृषि फर्महरुलाई भाडा वापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’

जग्गा भाडामा लिए वापत गाउँपालिकाले प्रति रोपनी दुई हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाइ छ ।

विपन्न, सीमान्तकृत, दलित, जनजाती तथा बेरोजगारको सूचीमा रहेकालाई बिशेष प्राथमिकता दिएर अघि बढाएको उक्त कार्यक्रम अन्तर्गत कृषकलाई भाडा वापतको रकम उपलब्ध गराउन पालिकाले चालु आव २०८१–८२ मा छ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : ४४ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र