दुई करोड ४३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न | Khabarhub Khabarhub

दुई करोड ४३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गुल्मी – दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्‍याइएको हो ।

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार गरी कूल दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिएका छन् ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ५१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको