लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक, १ करोडबढी राजस्व संकलन | Khabarhub Khabarhub

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक, १ करोडबढी राजस्व संकलन


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा– हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ ।

लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेवापत नियमानुसारको शुल्कबाट कूल एक करोड ६८ लाख ७५ हजार ८०० राजस्व संकलन भएको छ ।

नेपालीलाई १००, सार्क राष्ट्रका नागरिकलाई एक हजार ५०० र अन्य देशका लागि तीन हजार निकुञ्ज प्रवेश गरेवापत शुल्क लिने कानुनी प्रावधान रहेको बताइएको छ ।

प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ । पर्यटकको सुविधाका लागि काठमाडौँमा भृकुटीमण्डप र रसुवाको धुञ्चे व्रावल तथा हेलम्बू पोष्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेञ्जर केशव ढडारीले जानकारी दिए।

पवित्रतीर्थ गोसाइँकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाइँकुण्ड केन्द्रित हुने गरेको बताइएको छ । रसुवाको उच्च भागमा रहेका हिमश्रृङ्खला, सेताम्मे हिमाल, ताल तलैया, ककरो भीर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन् ।

पर्यटकीय मार्गको धुन्चे–गोसाइँकुण्ड, ठूलोस्याफ्रु, स्याफ्रु–लाङटाङका मार्गका सबै होटल तथा लज चालु रहेको र खान बस्न कुनै समस्या नहुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए।

यस्तै गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग