एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ ।

उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

विराटनगर किंग्सका लागि मार्टिन गप्टिलले ४३ रनमा ५५ रन बनाएका छन् । अकिब इलियासले १५ रन जोड्दा बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले समान ७–७ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले विराटनगरका तीन विकेट लिँदा हर्ष थाकेर र किशोर महतोले समान २–२ विकेट लिए । यस्तै बेन माइक र मोहम्मद मोहसिन पनि जनकपुरका लागि समान १–१ विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ०२ बजे

किन हुँदैछ ५४ वर्षकी मनिषा कोइरालाको ‘डेट’ चर्चा ?

काठमाडौं – नेपाली मुलकी स्थापित बलिउड नायिका हुन्– मानिषा कोइराला

अमेरिकी डलर बढ्योः कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज माघे सङ्क्रान्ति : कुन समुदायमा कस्तो छ महत्त्व ?

काठमाडौं – आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले माघे

युद्ध विरामको बाटोमा इजरायल र हमास

दोहा – दोहामा भएको वार्ता अनुसार पहिलो चरणको युद्ध विराम