थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित « Khabarhub

थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान मृत्यु भएकाृ छ । यस्तै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताए । स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ ।

दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।

विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ । तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताएका छन् ।

नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन् ।

छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन् ।

थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १.७ मिलियन डलर तोकिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  २ : ३१ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक