बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताएक छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले बीआरआईमा कांग्रेस र एमालेबीच फरक मत नरहेको बताए ।

अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै सिंहले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस– एमालेले संयुक्त रूपमा नै एजेन्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि सिंहको भनाइ थियो ।

मन्त्री सिंहले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।

‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ,’ सिंहले भने, ‘प्रधानमन्त्रीजीले सहमतिअनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ । सरकारमा समस्या छैन ।’

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका