उपनिर्वाचन : ग्रामथानमा सम्पूर्ण तयारी पूरा « Khabarhub

उपनिर्वाचन : ग्रामथानमा सम्पूर्ण तयारी पूरा



विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सबै तयारी सकिएको छ । उपनिर्वाचनअन्तर्गत भोलि मतदान गर्ने दिन हो । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचनका लागि १२ वटा मतदानस्थ र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जसमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले अनुसार उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।

 

मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ। अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।

स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको छ। मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।

ग्रामथानको अध्यक्षमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार छन् ।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : ४० बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी