पोखरामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु « Khabarhub

पोखरामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ। सो ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढा रहेको प्रहरीले जनाएको छ ।

घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको जनाईएको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि तामाङलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको