कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन « Khabarhub

कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रोल्पा – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले कांग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन् ।

पार्टीको तेश्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताए ।

कांग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरुको मात्र सीमित गर्ने कोसिसमा र आफूहरु बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरुलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रुपमा मिलेको पुनले बताए ।

काँगेस एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै पुनले कांग्रेस-एमाले एउटा कित्ताका र आफूहरु अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको दाबी गरे ।

‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन’,पुनले भने,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितीका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।’

सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले कांग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए ।

संसारमा कहीं पनि प्रमुख दुई दल मिलेर सरकार चलाएको रेकर्ड नभएको चर्चा गर्दै पुनले सुशासनको अभियान थाल्दा आफूहरुलाई सरकारबाहिर आएपछि जनताले विगतको तुलनामा बढी माया गरेको उनको भनाइ थियो ।

प्रचण्ड सरकारले सुशासनका लागि केही गर्न खोज्दा हटाए भन्ने जनतामा स्थापित भएको दाबी गर्र्दै पुनले वर्तमान सरकार भ्रष्ट, बिचौलिया, दलाल र अनैतिकहरुले सरकार चलाइरहेको आरोप लगाए ।

गणतन्त्र जनताको हुन्छ कि बुर्जुवाहरुको हुने खतरा हुन्छ भनेर ०६२ ०६३ अघि नै भनेको स्मरण उनले गरे । यद्यपि जनताले गणतन्त्रको विकल्प नखोजेको बताए ।

०२६, ०४६ अघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागि आन्दोलन भए पनि ०६२ ०६३ पछि २० वर्ष भए पनि त्यस खालको आन्दोलन नहुनुले वर्तमान व्यवस्थाप्रति बहुसंख्यकको अपनत्व रहेको पुष्टि हुने पुनले उल्लेख गरे ।

‘यसअघि हरेक १० वर्षमा व्यवस्था परिवर्तनका लागिआन्दोलन हुन्थ्यो । अहिले २० वर्ष भयो । किन आन्दोलन उठेको छैन भने मानिसले यसलाई रुचाएका छन’, उनले भने ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ५ : २८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच