आज २०८१ साल पुस १५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १५ गते सोमबारको राशिफल


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १५ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ३० तारिख। पौष कृष्ण पक्षको औंसी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन सामान्य छ। अष्टम भागमा चन्द्रमा पुगेकाले मन अशान्त हुनसक्छ। हिजो नजिकै भएका साथीले आज विरोध गर्नसक्ने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन रमाइलो छ। परिवारसँग बसेर नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको माथिल्लो तहमा सेवाको अवसर मिल्नेछ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। लगानीको क्षेत्रमा घाटा नहुने देखिन्छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। चन्द्रमा प्रतिकुल भएकाले मनमा असन्तुष्टि पैदा हुनसक्छ। आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ। समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : बन्धुसँगको कारोबारबाट मनोकामना पूरा हुनेछ। ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेकाले आर्थिक लाभ हुनेछ। स्वास्थ्यले साथ दिनेछ। निजी तरिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा सम्हालिएर अगाडि बढ्नुपर्नेछ।

धनु : चन्द्रमाले आज तपाईंकै राशिमा भ्रमण गरेकाले मन शान्त बन्नेछ। राजनीतिक संगठनले साथ दिनेछन्। राज्यका निकायमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। विपक्षीको आवाज सुन्ने बानीको विकास नहुँदा घाटा हुने जोखिम छ ।

मकर : दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। हरेक काममा बाधा आइलाग्नेछ। सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नसक्छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। मनमा रहेका योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। नराम्रो शब्द उच्चारण नगर्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।
धार्मिक क्षेत्रका अभियान्तले तपाईंको मनमा प्रभाव पार्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : सोचेका काम बन्नेछन्। शिक्षामा ढिलासुस्ती भए पनि दीर्घकालीन सफलता प्राप्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा दिन रमाइलोसँग बित्नेछ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : १५ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको