अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन « Khabarhub

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो।

आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै उनकी प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन्। यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने बताए।

सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए। यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।

गत वर्ष छालाको क्यान्सर भएपछि उनी घरमा आराम गरिरहेका थिए। रोग कलेजो र मस्तिष्कमा समेत फैलिएको थियो।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्। बेलायती राजा र्चाल्सले उनको निधनमा शोक व्यक्त गरेका छन्। ह्यारिसले अहिले अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरिन्। बाराक ओबामाले उनको निधनमा शोक व्यक्त गर्दै विशेष सम्झना गरेका छन्। संसारमा शान्ति स्थापनाका लागि गरेको अथक प्रयासका लागि सन् २००२ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको विशोष योगदान रहेको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : १९ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध