एक किसान कार्टर जो बने विश्व शान्तिका पक्षधर नेता | Khabarhub Khabarhub

एक किसान कार्टर जो बने विश्व शान्तिका पक्षधर नेता

सय वर्षमा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आइतबार साँझ १०० वर्षको उमेरमा निधन भएका जिमी कार्टर अमेरिकीलाई कहिल्यै नढाँट्ने राष्ट्रपतिको रूपमा परिचित छन्। वाटर गेटको अशान्त पछि नै जर्जियाको बदाम किसान उनी राजनीतिमा प्रवेश गरेका थिए। उनी नै जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने पहिलो अमेरिकी राष्ट्रपतिसमेत हुन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा इजरायल र इजिप्टमा शान्ति स्थापना कायम गर्नमा सफल उनी सोभियत सङ्घको अफगानिस्तानमा उपस्थिति तथा इरानी बन्धकको समस्या समाधान गर्न असफल नै रहे। एक कार्यकाल राष्ट्रपतिको रूपमा बिताएका उनलाई सन् १९८० मा रोनाल्ड रेगनले पराजित गरेका थिए।

ह्वाइट हाउसबाट बाहिरिएपछि पनि उनले शान्ति र मानव अधिकारका लागि आफूलाई सक्रिय राखेका थिए। यसै कारण उनले नोबल शान्ति पुरस्कार समेत पाए।

सन् २०२४ को अक्टोबरमा उनले एक सयौँ जन्म दिन मनाएका थिए। छालाको क्यान्सर भए पछि उनी घरमा नै हस्पिक उपचार लिएर बसेका थिए।

जेम्स अल कार्टर जुनियरको रूपमा सन् १९२४ को अक्टोबर १ मा उनको जन्म भएको हो । पृथकतावादी सोचमा उनका बाबुले बदाम खेती गरेका थिए। उनकी आमा नर्स थिइन्।

जीवन बिताउने क्रममा कार्टर डिप्रसेनसको समेत सिकार भएका थिए। यसै कारण उनको राजनीति प्रतिको अनादर पनि बढेको थियो। कलेजका स्टार बास्केटबल खेलाडी उनी जल सेनामा प्रवेश गरेका थिए। बहिनीकी साथी रोसलाइनसँग त्यहीँ भेट भएपछि उनले विवाह गरेका थिए।

सन् १९५३ मा बाबुको निधनपछि उनी फेरि किसानी गर्न फर्किएका थिए। उनले हेरेपछिको पहिलो वर्षको बाली खडेरीका कारण नास भएको थियो। त्यसपछि उनले अर्को वर्ष धेरै आम्दानी गर्न सफल भए। केही वर्षमा नै उनी बदामको राम्रो व्यापार गर्न सफल भइसकेका थिए। भुइँ तहबाट राजनीतिमा सुरु गरेका उनी जर्जियाको सिनेटमा विजयी हुनु भन्दा धेरै अघि विद्यालय तथा लाइब्रेरीको बोर्डमा विजयी भएका थिए।

विद्यालय विभाजनको विषय अमेरिकी अदालतले गरेको निर्णयका कारण अमेरिकामा भित्रभित्रै अशान्तिको आगो दन्किएको थियो। दक्षिणी भागमा उनको मत आफ्नै बाबुको भन्दा फरक थियो। दुई कार्यकाल जर्जियाको सिनेटमा बिताउने क्रममा उनको धेरैसँग विवाद भएको थियो। आफ्नै दल डेमोक्र्याटका सिनेट सदस्यसँग पनि उनको मनमुटाब थियो।

सन् १९७० मा जर्जियाको गभर्नर भएपछि उनी मानव अधिकारको वकालतमा व्यस्त रहेका थिए। उनले अफ्रिकन अमेरिकनलाई सरकारी अधिकृतमा नियुक्ति गर्ने प्रतिबद्धता दिलाएका थिए। उनले मार्टिन लुथर किङको फोटो लिएर अमेरिका कुनै विवाद नहुने विश्वास दिलाएका थिए।

गर्भपतन कानुनको विषयमा कठोर क्रिस्चियन मान्यता भएका तथा केही उदारहरूको समन्वय मिलाउन उनलाई कठिन भएको थियो। सन् १९७४ मा उनले राष्ट्रपति अभियान सुरु गर्दा अमेरिकालाई वाटर गेट प्रकरणले नै छाएको थियो।

एक वर्ष अघि डेमोक्र्याटकै माझमा गरिएको सर्वेमा चार प्रतिशतको समर्थनमा रहेको उनले नौ महिनाको अन्तरालमा रिपब्लिकका गेराल्ड फोराल्डलाई हराउँदै ह्वाइट हाउस प्रवेशको बाटो खुलाए।

कार्यालय प्रवेश गरेकै पहिलो दिन उनले भियतनाममा काम गर्ने विषयमा वेवास्ता गर्ने सबैलाई माफी दिने निर्णय गरे। सो निर्णय विवादास्पद पनि थियो। महिलालाई स्थान दिनका लागि उनले नै प्रथम महिलाको अवधारणा ल्याए। उनले सुरु गरेको परम्परा अनुसार रोसलाइन अमेरिकाको प्रथम महिला भइन्।

जलवायु परिवर्तनलाई गम्भीरतापूर्व लिने जिम्मी कार्यालय जाँदा स्विटर र जिन्स लगाउने गर्थे। राष्ट्रपति निवासको छतमा उनले सोलार प्यानल जडान गरेपछि रोनाल्ड रेगनले यसलाई हटाएका थिए। अलास्काको उपयोग नभएका धेरै जग्गा नयाँ ढङ्गले उपयोग गर्ने उनले विधेयक नै पास गराए।

सङ्कटमा राष्ट्रपति कार्यकाल
अमेरिकाका आर्थिक मन्दी भइरहेको समयमा उनको लोकप्रियतामा भने कमी आएको थियो। उनले ग्यास लाइन पुन प्रयोगमार्फत् ऊर्जा संकट टार्ने प्रयास गरेका थिए। परन्तु संसदमा बलियो विपक्षीका कारण त्यो सम्भव भएन। युनिभर्सल हेल्थ केयर सिस्टमको प्रयासमा पनि उनी सफल भएनन्। इजिप्टका राष्ट्रपति सादात तथा इजरायलका बेगिनले सन् १९७८ मा‘ ‘क्याम्स डेभिड एकोड’ म हस्ताक्षर गरेपछि उनी मध्यपूर्व नीतिमा भने सफल भए ।

उनको यो सफलात धेरै लामो समय रहेन। इरानले अमेरिकीलाई बन्दी बनायो भने सोभियत संघले अफगानिस्तानमा आक्रमण गरेको थियो। अमेरिकीलाई इरानबाट फिर्ता बोलाउने उनको प्रयास दुर्घटनामा परिणत भयो। उक्त दुर्घटनामा आठ अमेरिकी मारिएका थिए।

रेगनबाट पराजय
सन् १९८० मा अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा उनले डेमोक्र्याट पार्टीमै सिनेटर एडवार्ड केनेडीबाट कठिन चुनौतीको सामना गरेका थिए। उनी राष्ट्रपति पदमा पूर्व अभिनेता रोनाल्ड रेगनसँग पराजित भए। कार्यालयमा अन्तिम दिन उनले इरानबाट बन्दी ल्याएको बताए। तर इरानले रेगन ह्वाइट हाउस प्रवेश गरेपछि मात्र अमेरिकीलाई छाड्यो। राष्ट्रपति पदबाट बाहिर आउँदा अलोकप्रिय भइसकेका उनले त्यसपछि पनि मानव अधिकारका लागि धेरै काम गरे।

उनकै प्रयासमा उत्तर कोरियासँगको शान्ति वार्ता तथा आणविक हतियार निःशस्त्रीकरण भएको थियो ।

कार्टर सेन्टरको रूपमा रहेको उनको लाइब्रेरी अहिले संसारमा नै परिचित छ। सन् २००२ मा उनी उड्रो विल्सन र थियोडर रुजवेल्टपछि नोबल शान्ति पुरस्कार पाउने तेस्रो अमेरिकी राष्ट्रपति भए। नेल्सन मण्डेलासँग मिलेर उनले ज्येष्ठ सदस्यको सङ्गठन बनाए। सोही समूह शान्ति र मानव अधिकारका लागि सक्रिय थियो।

अवकाशपछिको जीवन उनले सामान्य घरमा नै बिताए। उनका तीन दिदी र अभिभावकको ज्यान लिएको क्यान्सरको सिकार उनी २०१५ मा भएको थिए। शल्यक्रियापछि अरूको सहारामा मात्र हिँडडुल गर्न सक्ने अवस्थामा उनी थिए।

विभेद विरोधी नायक
सन् १९६८ मा मारिएका मार्टिन लुथर किङलाई कार्टरले एक दशकपछि प्रेसिडेन्टल मेडल फर फ्रिडम प्रदान गरेका थिए। ११ जुलाई १९७७ मा उनले सो अवार्ड प्रदान गरेका थिए। ४० वर्ष पछि पनि उनले सो दिन सम्झँदै मिलेर बसेको अमेरिका र सुन्दर अमेरिकाका लागि सो निर्णय र कदम आवश्यक रहेको बताए।

उनले नै भियतनाम युद्धमा सरिक हुन नचाहनेलाई माफीको निर्णय गरेका थिए। त्यसो त सन् १९७६ को राष्ट्रपतीय निर्वाचनमा उनले ८० प्रतिशत अफ्रिकन अमेरिकनको मत पाएका थिए। उनले नै धेरै अफ्रिकन अमेरिकनलाई महत्त्वपूर्ण पदमा चयन गरेका थिए।

कार्टरले संसारमा कुनै पनि शान्तिका प्रतीकलाई आफ्नो आदर्श मान्ने गरेका छन्। उनको नजरमा नेल्सन मण्डेला, महात्मा गान्धी र मार्टिन लुथर किङ संसारका आदर्श हुन। रङ्गभेद नीतिको विरोधी, संसारका सबै मानिसलाई समान रूपले हेर्ने आदत भएका तथा महिलालाई विशेष सम्मान दिने कार्टरले गत अमेरिकी निर्वाचनमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा आफ्नो मत जाहेर गरेका थिए।

स्रोतः बिबिसी, टाइम म्यागेजिन र एनबिसी न्युज

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ०८ बजे

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका

म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने

म्यान्मा – म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै

बाँके – बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको

तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’

काठमाडौं – नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी