धुमधामसँग तमु ल्होसार मनाउँदै गुरुङ समुदाय (तस्बिरहरू) | Khabarhub Khabarhub

धुमधामसँग तमु ल्होसार मनाउँदै गुरुङ समुदाय (तस्बिरहरू)


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार देशभर तमु ल्होसार मनाइरहेका छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यताका साथ मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती छ ।

गुरुङ समु्दायले सोमबार संघीय राजधानी काठमाडौंमा पनि नाचगानसहित यो पर्व मनाइरहेका छन् ।

गुरुङले मनाएपछि यो चाड क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउँछन् ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ५१ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा