भीम रावलले भेटे कर्ण मल्ल र तारा जोशीलाई « Khabarhub

भीम रावलले भेटे कर्ण मल्ल र तारा जोशीलाई

एमालेबाट निकालिएपछि आन्तरिक छलफल र भेट गर्दै


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले गत पुस ११ गते कारबाही गरेर निकालेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका पूर्वउपाध्यक्ष डा. भीम रावलले भेटघाटलाई तीव्र पारेका छन्।

गत बुधबार एमालेको कारबाहीमा परेका रावलले सोमबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् ।

उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको रावलनिकट स्रोतले पुष्टि गरेको छ । स्रोतले मल्ल र जोशीसँगको छलफल सकारात्मक रहेको पनि खबरहबलाई बताएको छ ।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति र जोशी नेकपा एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य हुन् ।

सभापति शेरबहादुर देउवासँगको टकरावका कारण मल्ल कांग्रेससँगको साइनो तोड्दै कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

यस्तै गत निर्वाचनमा तत्कालीन चुनावी गठबन्धनका कारण डडेल्धुराबाट प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि जोशी स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : ०७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको