हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग « Khabarhub

हात्ती महोत्सवमा जंगली हात्ती आइपुगेपछि भयो भागाभाग


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेपछि भागाभाग भएको छ । अचानक हात्ती आइपुगेपछि आयोजक र सहभागीहरू भागाभाग भएका हुन् ।

महोत्सवको अन्तिम दिन सोमबार महोत्सवस्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । बाघमारा सामुदायिक वनको चौरमा हात्ती महोत्सव समापन चलिरहँदा जंगली हात्ती आएको हो ।

अहिले कार्यक्रमस्थलबाट हात्ती धपाउने प्रयास भइरहेको आयोजकले बताएका छन्  तर जंगली हात्ती फर्कीफर्की आइरहँदा आयोजक र कार्यक्रमका पाहुना तनावमा परेका छन् ।

अहिले त्यहाँ नेपाली सेना पनि तैनाथ छ । समापन समारोहमा जंगली हात्ती प्रवेश गरेपछि महोत्सवका पुरस्कार वितरण कार्यक्रम स्थगित भएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ३१ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन