झापामा ओलीबारे प्रचण्डले भने- धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ « Khabarhub

झापामा ओलीबारे प्रचण्डले भने- धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

झापा- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा जाल–झेलबाहेक अरु केही नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको गौरीगञ्जमा सोमबार पार्टीद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।

‘यो ठाउँ अहिलेका प्रधनमन्त्रीको हो । देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु जालझेलबाहेक उहाँको दिमागमा अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नुहुन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गिरीबन्धु टी-स्टेटमा गरेको बदमासीको पर्दाफाँस गरेरै छाड्ने चेतावनीसमेत दिए । ‘म गिरीबन्धु टी-स्टेटमा उहाँ (ओली)ले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्ने छु,’ उनले भने ।

भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर आफूलाई अलोकतान्त्रिक रुपमा प्रधनमन्त्रीबाट हटाइएको प्रचण्डको दावी थियो ।

‘गिरीबन्धुको, ओम्नीको अनि वाइडबडीको तमाम समस्याहरुको । मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक, तानाशाही तरिकाले हटाइएको छ,’ प्रचण्डले भने, ‘किन ? भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । किन भने मेरो सुई अब गिरीबन्धुतिर जाँदै थियो । गिरीबन्धुतिर जाने भनेको ओलीतिर जाने भनेको हो ।’

अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि बूढानीलकण्ठतरि सोझिएपछि नेपाली कांग्रेसका सभापति आतंकित भएका जिकिर पनि गरे ।

‘तपाईंहरूलाई थाहै छ बेचन झा पक्राउ परेपछि सुई अर्कोतिर पनि सोझियो,’ उनले कांग्रेस सभापति देउवातर्फ इंगित गर्दै भने, ‘त्यसपछि एउटा आतंक भएको हो । तपाईंहरूले ढुक्कसँग बुझे हुन्छ । सोझो कुरा त्यति नै हो ।’

उनले नुवाकोटको शेरा दरबार प्रकरणमा माओवादी संलग्नता अस्वीकार गरे । ‘हाम्रो पार्टी १५ वर्षअघि छोडिसकेको मान्छेको नाम शेरा दरबारको कुरामा जोडिएको छ । तर माओवादीलाई बिनाकारण मुछिएको छ’, उनले भने, ‘हाम्रै पार्टीका नेता देखिए पनि मैले छुट दिन्नँ । अनुसन्धानमा दोषी देखिए छानबिनमा लानुपर्छ भनेको छु।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ४८ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको