सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा | Khabarhub Khabarhub

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री अध्यक्ष रहने सहकारी विकास बोर्डमा मित्रराज दवाडी सहअध्यक्ष थिए । बोर्ड खारेजीमा परेसँगै दवाडी पदमुक्त भएका छन् ।

सहकारी विकास बोर्डमा कार्यरत कर्मचारीहरुको हकमा भने सबै कर्मचारीलाई सहकारी प्राधिकरणमा तत–तत् जिम्मेवारीमा समायोजन गरिने अध्यादेशमा जनाइएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डमा १४ जना कर्मचारी कार्यरत थिए । बोर्ड खारेजीसँगै यस कार्यालयमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति र कागजपत्र सहकारी प्राधिकरणमा सर्ने भएको छ ।

सरकारले अध्यादेशमार्फत् प्राधिकरण गठन गरेपछि सहकारी बोर्ड खारेज भएको हो ।

हेर्नुहोस् कर्मचारीको सूची–

राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारी र पदाधिकारीको नामावली

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०८ बजे

माओवादी स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको

विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल

ललितपुर- ललतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको  कृषि

शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको