अर्थसंक्षेप : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद, सीडीएसीको सीईओमा प्रवीन पन्दाक | Khabarhub Khabarhub

अर्थसंक्षेप : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद, सीडीएसीको सीईओमा प्रवीन पन्दाक


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका आर्थिक खबरमा स्थानीय सरकारले कति राम्रोसँग काम गर्न सक्छ भन्ने उदाहरण सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले दिएको छ । बचतकर्ताहरूको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप खेप्दै आएको धरानको बराह बचत तथा ऋण सहकारी संस्थामा प्रहरीले ताला लगाएको छ।

सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रवीन पन्दाक नियुक्तलगायतका समाचारले प्रमुख स्थान पाए ।

आजका आर्थिक समाचारहरू :

बराह सहकारीमा अर्बौं हिनामिना

बचतकर्ताहरूको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप खेप्दै आएको धरानको बराह बचत तथा ऋण सहकारी संस्थामा प्रहरीले ताला लगाएको छ। कार्यालय सिल गरेसँगै उक्त सहकारी संस्थासँग सम्बन्धित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले तीन दिनको अवधिमा बेग्ला बेग्लै समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्चालक समितिका सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिन ल्वागुन, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालिकोटे, रवि पोर्तेल, जतनमाया विश्वकर्मालगायत छन् । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मालाई घरमा नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको हो ।

त्यस्तै, ऋण उपसमिति संयोजक गंगा कालिकोटेलाई नभेटेपछि उनकी पत्नी सुधा कालिकोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई इनरुवास्थित जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

सहकारी विकास बोर्ड खारेज

सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री अध्यक्ष रहने सहकारी विकास बोर्डमा मित्रराज दवाडी सहअध्यक्ष थिए । बोर्ड खारेजीमा परेसँगै दवाडी पदमुक्त भएका छन् ।

सहकारी विकास बोर्डमा कार्यरत कर्मचारीहरुको हकमा भने सबै कर्मचारीलाई सहकारी प्राधिकरणमा तत–तत् जिम्मेवारीमा समायोजन गरिने अध्यादेशमा जनाइएको छ ।

निरन्तरको परिश्रमले स्थापित नेपाली ब्राण्ड अल्टिमा !

मेहनत गर्नेले बालुवामा पनि सुन फलाउन सक्छ भनिन्छ । यो भनाइलाई अमित अग्रवालले पुष्टि गरेका छन् । उनलाई पारिवारिक वातावरण र बाध्यताले एउटा सफल व्यवसायी बनाएको छ ।

इयरबड्स दुनियाँमा अहिले ‘अल्टिमा’ नामको एउटा नेपाली ब्राण्ड निकै चर्चित छ । ग्याजेट्स र असेसरिज बिक्री गर्ने अल्टिमा लाइफस्टाइलले यतिखेर नेपाली बजारमा एकछत्रजस्तै राज गरिरहेको छ । अन्य देशका ब्राण्डेड सामानकै गुणस्तरको सामान सस्तो मूल्यमा पाइने भएकाले अल्टिमाका ग्याजेट्समा ग्राहक आकर्षित छन् ।

कम्पनीका संचालक अमित अग्रवालमा यसरी आक्रमक व्यापार गर्छु भन्ने सोच नै थिएन । उनी मेकानिकल इन्जिनियर बन्न चाहन्थे, तर घरको बाध्यता र परिवेशले उनलाई व्यापारमा पुर्‍यायो ।
चार लाख रुपैयाँबाट शुरू भएको उनको व्यवसायिक यात्रा अहिले नेपाली स्थापित ब्राण्डमा परिणत भइ वार्षिक २५ करोड रुपैयाँ बराबर कारोबार आकारमा पुगेको छ ।

सीडीएसीको सीईओमा प्रवीन पन्दाक नियुक्त

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रवीन पन्दाक नियुक्त भएकी छिन् । पन्दाक आइतबारबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त भएकी हुन् ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । पन्दाक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २०६४ सालमा छैटौं अधिकृतका रूपमा सेवामा प्रवेश गरेकी थिइन् । कानूनमा स्नातकोत्तर पन्दाकले व्यवस्थापनमा समेत डिग्री गरेकी छिन् ।

किसानको श्रममा त्रिपुरासुन्दरीको काँध : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद

आफूले तिरेको तिरो आफ्नै घरगाउँको विकास निर्माणमा खर्च गर्ने राजनीतिक अवधारणाबाट संघीय राजनीतिक व्यवस्था निर्देशित छ । तर अधिकार बाँडफाँड, पार्टीहरूको राजनीतिक खिचातानी र नेताहरूको स्वार्थले व्यवहारमा आसलाग्दो अवस्था देखिन सकेको छैन ।

हरेक नागरिकले घरदैलोमा पाउनु पर्ने सेवा, सुविधाका अप्ठ्यारा फुक्न सकेका छैनन् । सुशासनका विषयमा धेरै प्रश्न उठेका छन् । यति हुँदाहुँदै पनि चाँदीको घेराका रूपमा स्थानीय जनप्रतिनिधिको इच्छाशक्तिका कारण अभूतपूर्व काम भएका छन् ।

घरघर गएर बृद्धभत्ता, नागरिकता बाँड्ने, थातथलो छोडेर अन्यत्र गएकाहरूलाई समेत घरघरमा गएर सेवा दिएका उदाहरण प्रशस्तै छन् । यही माहौलबीच स्थानीय सरकारले कति राम्रोसँग काम गर्न सक्छ भन्ने उदाहरण सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले दिएको छ ।

किवीबाट जाम र वाइन, दोब्बर आम्दानी

दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभई जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ ।

दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट किसानले प्रतिकेजी रु दुई सय ५० सम्म पाएका छन् । सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।

उखु उत्पादनलाई प्रोत्साहन गर्न पोखरामा खुदो मेला

पुस १५ होस् वा माघे सङ्क्रान्ति अथवा अन्य चाडपर्व पोखरा र आसपासका क्षेत्रमा मालेपाटन ढोडबेँसीको खुदो माग बढ्छ । पुस १५ मा त टिनभरी बोकेर ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै हिँड्ने प्रचलन यस क्षेत्रको छुट्टै संस्कृति जस्तै बनिसकेको थियो ।

यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घरघरमा पुगी खुदो बेच्ने चलन लोप जस्तै बनेपनि यहाँको खुदोको माग भने झन्–झन् बढ्दो छ । उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ०६ बजे

बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी

देउखुरी– घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

धनकुटा – कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर),

माओवादीले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको

मुस्ताङमा पर्यटक आगमन वृद्धि, एक लाख ३५ हजार बढीले गरे भ्रमण

म्याग्दी– मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले