माधव नेपालसँग यी चार विषयमा मिलेन वामदेवको कुरो « Khabarhub

माधव नेपालसँग यी चार विषयमा मिलेन वामदेवको कुरो


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अचेल छटपटीमा छन् । एमालेमै फर्किने उनको चहानामा अध्यक्ष केपी शर्मा ओली र उनीनिटकहरूले चासो नदिएपछि नेकपा एकीकृत समाजवादीतिर नजिकिएका छन् ।

तत्कालीन नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा समाजवादीमा प्रवेश गर्ने चर्चाबीच सोमबार आलोकनगर पुगे ।

पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मुख्यालय आलोकनगर पुगेका नेकपा एकता अभियानका संयोजक गौतम कुरा नमिलेपछि त्यसै फर्किएका छन् ।

तर नेपालसँगको छलफलमा कुरा नमिलेपछि गौतम आलोकनगरबाट खाली हात फर्किएका छन् । गौतम र नेपालबीच प्रत्यक्ष निर्वाचित राष्ट्रपति, वरियता, नेता व्यवस्थापन र जनताको बहुदलीय जनवादबारे कुरा मिल्न सकेको छैन ।

भेटमा गौतमले आफ्नो साथमा रहेका नेताहरूको व्यवस्थापनबारे पनि कुरा राखेका थिए । तर त्यसमा पनि सहमति हुन सकेन ।

आफ्नो एकता अभियानलाई एकीकृत समाजवादीमा मिसाउने गौतमको योजना सजिलै पूरा हुने देखिएको छैन । एकीकृत समाजवादीले गौतमलाई वरिष्ठ नेताका रुपमा तेस्रो वरीयता दिने बताएको छ। तर उनीनिकट अन्य नेताको पनि व्यवस्थापन चाहेका छन् ।

एकीकृत समाजवादीमा जानुअघि गौतमले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ लाई स्वीकारेर बढ्नुपर्ने शर्त राखेका छन् । तर समाजवादीका सम्मानित नेता झलनाथ खनाल जबजको विपक्षमा छन् ।

सर्वोच्च अदालतले तत्कालीन नेकपालाई टुक्राइदिएपछि कतै नलागेका गौतमले २०७८ भदौ १८ गते एमाले परित्याग गरेका थिए। तत्कालीन उपाध्यक्ष गौतमले एमालेमा फर्किन जोडबल गरेर माफीसमेत मागे पनि ओलीले उनलाई मतलब गरेनन् ।

तत्कालीन नेकपा छाडेयता गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक छन् । तर त्यो अभियानबाट उनले कुनै पनि कम्युनिस्ट पार्टीलाई मिलाउन असफल रहे । राष्ट्रपतिले मनोनीत गरेपछि अहिले राष्ट्रिय सभा सांसद रहेका गौतम २०८४ मा सुरक्षित हुने बाटो खोजिरहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ३१ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको