सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन् । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।

लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताए ।

मन्त्री गुरुङले भने, “सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ ।”

फरक प्रसङ्गमा उनले सहकारीले सर्वसाधारणलाई ठग्ने गरेकाले त्यसलाई रोक्न जरुरी रहेको बताए । देशका अधिकांश सहकारीमा एउटै व्यक्ति आजीवन अध्यक्ष रहने र रकमको हिनामिना भइरहेको अवस्थामा बढीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने गरी नियमन गर्न लागिएको मन्त्री गुरुङले उल्लेख गरे ।

सहकारी कुन स्तरका हुन सोहीअनुसार स्थानीय तह वा प्रदेशमा दर्ता हुने व्यवस्था मिलाइने उनले बताए । अहिले तत्काल सहकारीको गठीमा परेका जनताको रकम फिर्ता गर्न सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यायदेश संसद्बाट पास गरेर राष्ट्रपतिलाई बुझाइएको र प्रमाणिकरणसमेत भएको मन्त्री गुरुङले जानकारी दिए। सबैभन्दा पहिला सानो रकम फिर्ता गर्ने र क्रमशः अन्य रकम पनि फिर्ता गराउनेतर्फ सरकार लाग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ०० बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई