युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा « Khabarhub

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई सहायता प्रदान गर्न वासिङ्टनले हतार गरिरहेको छ ।

ट्रम्पको नोभेम्बरको चुनावी विजयले युक्रेनका लागि अमेरिकी सहायताको भविष्यमा शङ्का उत्पन्न गरेको छ । यसबाट अर्को महिना उहाँले शपथ ग्रहण गर्नुअघि पहिले नै स्वीकृत गरिएको अर्बौं डलरको सहायता वितरण गर्न सीमित समय प्रदान गरेको छ ।

सोमबारको सहायतामा एक अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ समावेश छ । यसले पेन्टागनलाई अमेरिकी भण्डारबाट हतियार लिएर तिनलाई छिटो युद्धभूमिमा पठाउन अनुमति दिन्छ ।

अर्को एक अर्ब २२ करोड डलर युक्रेन सुरक्षा सहायता पहलमार्फत वित्त पोषण गरिनेछ । यसअन्तर्गत रक्षा उद्योग वा साझेदारहरूबाट सैन्य उपकरणहरू खरिद गरिन्छ ।

“युक्रेनी जनताले रूसी आक्रमणबाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा आज म युक्रेनलाई करिब दुई अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व गर्दछु”, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भने ।

अमेरिकी विदेश मन्त्रालयको छुट्टै विज्ञप्तिअनुसार रक्षा मन्त्रालयको भण्डारबाट गरिने ड्रडाउनमा ड्रोनहरू, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम ९हिमार्स० का लागि गोलीगठ्ठा, अप्टिकली गाइडेड मिसाइलहरू, एन्टी–ट्याङ्क हतियार प्रणालीहरू, हवाई–जमिन गोलाबारुद र पार्टपुर्जाहरू समावेश हुनेछन् ।

“संयुक्त राज्य अमेरिका र ५० भन्दा बढी राष्ट्र युक्रेनसँग रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक क्षमता प्राप्त होस् भनी सुनिश्चित गर्न एकजुट छन्”, विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने।

युक्रेनका लागि पछिल्लो सहायता महिनाको सुरुमा घोषणा गरिएको करिब एक अर्ब डलर बराबरको ड्रोन, गोलाबारुद र उपकरणको खेपको पछि आएको हो ।बिदाइ हुन लागेको बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउनुअघि युक्रेनलाई सकेसम्म धेरै सहायता प्राप्त गर्न काम गरिरहेको छ । ट्रम्पले बारम्बार किएभका लागि अमेरिकी सहायताको आलोचना गरेका छन् र केही घन्टामै युद्धविराम सुरक्षित गर्न सक्ने दाबी गरेका छन्

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : १३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी