राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार (पुस १९ र २०) काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस्तै, अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने उनको भनाइ छ । स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस सधैँ झैँ भव्यतापूर्वक मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ११ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको