भैँसीपालनबाट मनग्य आम्दानी  « Khabarhub

भैँसीपालनबाट मनग्य आम्दानी 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको राजपुर गाउँपालिका-४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भैँसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन्। परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन् । 

साना-ठूला गरेर ७२ भैँसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनी बताउँछन् ।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए। घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन् । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनी बताउँछन् । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ । 

उनले भने, ‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।’ दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन् । 

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहेका यादवले लाखौँ खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन् । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताए। 

भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, ‘अहिलेसम्म जे-जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।’ कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनी बताउँछन् । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : २५ बजे

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट