कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता « Khabarhub

कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिविद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागीताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री बेदुराम भुसालले बताए ।

आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसंगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन