बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई  « Khabarhub

बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयानका लनगि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।  बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ । 

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ । पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन । 

बयानमा ज्वालासँग आन्दोलन स्थलमा जानका कारण तथा अन्य समग्र पक्षको बारेमा बयान लिइने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १४ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले