बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई  « Khabarhub

बालकुमारी घटनाबारे बयानका लागि बोलाइयो मन्त्री ज्वालालाई 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाबारे बयानका लनगि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ।

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।  बालकुमारी घटनाको अध्ययन गर्नका लागि पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयले जाँचबुझ आयोग गठन गरेको छ । 

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठन भएको छ । पौडेल उच्च अदालतका पूर्व न्यायाधीश हुन । 

बयानमा ज्वालासँग आन्दोलन स्थलमा जानका कारण तथा अन्य समग्र पक्षको बारेमा बयान लिइने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १४ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण