झापामा गजल मुशायरा र प्रशिक्षण हुने « Khabarhub

झापामा गजल मुशायरा र प्रशिक्षण हुने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी विशेष कार्यक्रम हुने भएको छ ।

नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिक गजल मुशायरा हुने भएको हो ।

यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जन गजलसाधकहरूको विशेष प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । सोही दिन बिहान १० बजेदेखि गजल लेखनसम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले बताए ।

उनका अनुसार सो प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्नेछन् ।

नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ । यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीन वटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको तर उपत्यकाबाहिर यो पहिलो पटक गर्न लागिएको हो ।

यस कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मन्चको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको