झापामा गजल मुशायरा र प्रशिक्षण हुने « Khabarhub

झापामा गजल मुशायरा र प्रशिक्षण हुने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी विशेष कार्यक्रम हुने भएको छ ।

नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिक गजल मुशायरा हुने भएको हो ।

यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जन गजलसाधकहरूको विशेष प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । सोही दिन बिहान १० बजेदेखि गजल लेखनसम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले बताए ।

उनका अनुसार सो प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्नेछन् ।

नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ । यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीन वटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको तर उपत्यकाबाहिर यो पहिलो पटक गर्न लागिएको हो ।

यस कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मन्चको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ४६ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल