गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार « Khabarhub

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । 

प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारीसहित प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमतिमा विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण र सिँचाइ जलस्रोत तथा ऊर्जा लगायत सरोकारवाला मन्त्रालयकोसमेत राय समावेश गरेर तयार पारिएको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको जानकारी दिए ।

प्रदेश सरकारले आफ्नै सडक ऐन बनाउन लागेको हो । हाल सार्वजनिक सडक ऐन, २०३१ कार्यान्वयनमा छ । विधेयकमा प्रदेशका सडकको मापदण्ड तोक्ने, वर्गीकरण गर्ने, जग्गा प्राप्ति, सडकको अभिलेखीकरण र सडक मर्मत सम्भार गर्ने संयन्त्र पनि प्रस्ताव गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । 

सडक आयोजना कार्यान्वयनका क्रममा देखिने जग्गा विवाद समाधान र सामाजिक मुद्दालाई व्यवस्थापन गर्न सहज हुनेगरि मस्यौदामा प्रस्ताव गरिएको छ । विधेयकमा ३२ वटा दफा र एक वटा अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले बताए । 

मन्त्रालय प्रस्तावमा गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली –२०८० राजपत्रमा प्रकाशनका लागि पठाइएको उनले बताए। विसं २०७६ मा ऐन जारी भए पनि नियमावली नबनेका कारण कार्यान्वयनमा बाधा परेको थियो । 

प्रादेशिक सडक यातायात गुरुयोजनाको मस्यौदालाई पनि अन्तिम रूप दिन लागिएको जनाएको छ । गुरुयोजनालाई  विद्युतीय (डिजिटल) बनाइएको प्रवक्ता पौडेलले बताए। मन्त्री जुग्जालीले गत जेठमा पदभार सम्हाल्ने क्रममा प्रादेशिक सडक यातायात गुरुयोजना बनाउने निर्णय गरेका थिए । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल