प्रचण्डले १५ वर्षअघि नै भनेका थिए– दरबार हत्याकाण्डको छानविन हुन्छ ! « Khabarhub

प्रचण्डले १५ वर्षअघि नै भनेका थिए– दरबार हत्याकाण्डको छानविन हुन्छ !


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गरिने बताएका छन् । तर, दाहालले यस्तो कुरा १५ वर्ष पहिले पनि बताएका थिए ।

पहिलो कार्यकालमा प्रधानमन्त्री बनेका बेला दाहालले ०६५ साल फागुन १५ गते एक कार्यक्रममा दरबार हत्याकाण्डबारे छानविन गरिने बताएका थिए ।

तत्कालीन प्रधानमन्त्रीको भनाइ उधृत गर्दै आजभन्दा १५ वर्ष पहिलेको गोरखापत्रमा छापिएको थियो,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंश नाश गर्ने गरी भएको दरबार हत्याकाण्डको पुनः छानविन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

प्रचण्डले यसो भनेको १५ वर्षपछि ०८० माघ १६ गतेको गोरखापत्रमा वीरगञ्ज डेटलाइनबाट लेखिएको छ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डको १५ वर्षअघिको कुरो कोट्याउँदै बरिष्ठ पत्रकार तीर्थ कोइराला भन्छन्, ‘२०६५ साल फागुनमा छानबिन हुने, २०८० माघमा पनि छानबिन हुने । बोल्ने उहाँ नै, समाचार छाप्ने पत्रिका उही, पत्याउने हामी पनि उही !’

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको