न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश « Khabarhub

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज उक्त मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।

रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।

उक्त विवादमा काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेका हुन्।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : ५२ बजे

पाकिस्तानमा भएको आक्रमणमा, छ जनाको मृत्यु, छ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज

दूरसञ्चार, अर्थतन्त्र र डिजिटल भविष्य

नेपालमा दूरसञ्चारको इतिहास एक शताब्दीभन्दा लामो छ। प्रविधिको विकाससँगै मोबाइल

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)

काठमाडौं– आज डिसेम्बर ९, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।  सो अवसरमा ट्रान्सपरेन्सी

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ