तेश्रो किसुनजी स्मृति हाफ म्याराथन चैत्र १७ मा « Khabarhub

तेश्रो किसुनजी स्मृति हाफ म्याराथन चैत्र १७ मा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा तेश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आगामी चैत्र १७ गते हुने भएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेशले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ७५ हजार, उपविजयी खेलाडीहरूले नगद ५० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २५  हजार प्राप्त गर्ने छन् । यसपटक विद्यार्थी लगायत सबैको लागि ५ किलोमिटर महिला तथा तथा पुरुष दौड राखिएको छ । जसमा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार  प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले प्रतियोगिताको कुल अनुमानित बजेट १७ लाख २५ हजार रहको जानकारी दिए । प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, केशरमहल, लैनचौर, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट पुगेर समापन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ०३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई