बुहारीको हत्या आरोपमा सासू पक्राउ « Khabarhub

बुहारीको हत्या आरोपमा सासू पक्राउ


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो ।

पूजादेवी गत मङ्गलबार बेलुका आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ ।

प्रहरीले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ । घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ०३ बजे

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध