थ्रिस्टार क्लब आहारारा गोल्डकपको उपाधि नजिक « Khabarhub

थ्रिस्टार क्लब आहारारा गोल्डकपको उपाधि नजिक


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्‍याएको हो ।

पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १-० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दिपेशले प्रहार गरेको बल पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो । ‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टार आहाराराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । जारी प्रतियोगितामा थ्रिस्टारले प्रि-क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि-क्वाटर फाइनलमा मच्छिन्द्रक्वाटरफाइनलमा मनाङ मर्स्याङदीलाई हराएको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा विजेता थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल भएको बताए । “जावलाखेल कम्बाइन टोली हो । त्यसैले सोहीअनुसार रणनीति बनाएका थियौँ । त्यसमा सफल भयौँ’, उनले भने । फाइनलमा आजको खेलका कमीकमजोरी हटाउँदै उपाधि जित्ने गरी खेल्ने लामाको भनाइ थियो । 

जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीले निकै उत्कृष्ट खेल खेलेका बताए । पराजित भए पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले उल्लेख गरे । 

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबकाबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए। भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ । 

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । 

विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०७ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले