सुवास भण्डारीले लिए बंगलादेशको पाँच विकेट « Khabarhub

सुवास भण्डारीले लिए बंगलादेशको पाँच विकेट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउँदै बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा बंगलादेशले पाचौँ विकेट गुमाएको छ । पाँचै विकेट नेपालका सुवास भण्डारीले लिएका हुन् । बंगलादेशका मोहम्मद शिहाब जेम्स खाता नखोल्दै आउट भए । तीन बलको सामना गरेका उनी २३ ओभर २ बलमा आउट गरेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ३१ बजे

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग