आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल हुँदै « Khabarhub

आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल हुँदै


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्स २१ रनले विजयी भएको छ।

टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाब किंग्स २१ रनले पराजित भएको हो। पूरै २० ओभेर खेलेको पञ्जाब पाँच विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे।

पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरले १–१ विकेट हात पारे।

२०० रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७० रनको शानदार अर्धशतक बनाए। तर त्यो जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टोले २९ बलमा ४२ र प्रभसिमरन सिंहले १९ रन जोडे। लियाम लिभिङस्टोनले नटआउट २७ रन जोड्दा शशांक सिंह ९ रनमा नटआउट रहे। सैम करन भने शून्य रनमै आउट भए।

पञ्जाबलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ३ र मोहसिन खानले २ विकेट हात पारे। यो जितसँगै लखनउले आईपिएलको यो सिजनमा पहिलो जित निकालेको छ। उसले दुई खेलमा दुई अंक जोडेको छ। तीन खेल खेलेको पञ्जाबसमेत दुई अंकमा सीमित छ।

आइतबार दुई खेल हुँदै
आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा गुजरात टाइटन र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो पौने ४ बजे सुरु हुँदैछ। दुई खेल खेलेको गुजरात एक हार र एक जित दर्ता गर्दै दुई अंक जोडेको छ। हैदरावादसमेत दुई खेलमा एक जित निकाल्दै दुई अंकमै सीमित छ।

दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच हुनेछ। यो खेल राति ७ : ४५ बजे सुरु हुनेछ। दिल्ली दुई खेलमा अंकबिहीन छ भने चेन्नई दुईमा दुई जित निकाल्दै चार अंकका साथमा तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ०७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित