रक्तचाप नियन्त्रणमा राख्न खानपान र जीवनशैली परिवर्तन आवश्यक | Khabarhub Khabarhub

रक्तचाप नियन्त्रणमा राख्न खानपान र जीवनशैली परिवर्तन आवश्यक


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ शरीरको पहिलो मापदण्ड रक्तचाप हुन्छ। उच्च रक्तचाप र कम रक्तचाप दुवै मानिसका लागि घातक हुन्छन्। उच्च रक्तचाप यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीमा चाप बढी हुनेगर्छ। यसले गर्दा रक्तनलीमा क्षति पुग्छ र ती रक्तनली बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुन्छ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ। यसको कारण अरु नै हुनसक्ने चिकित्सक बताउँछन्। खानपान र जीवनशैलीमा ध्यान दियो भने रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ। उच्च रक्तचापलाई हामीले कसरी बुझ्ने ? के कारणले हुन्छ उच्च रक्तचाप ? यसको उपचार विधि के छ ? भन्ने विषयमा खबरहबका लागि ओम अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँग गरिएको कुराकानी :

उच्च रक्तचापलाई हामीले कसरी बुझ्ने ?
सामान्य रक्तचाप १२० र ८० भन्दा कम हुनुपर्छ। उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई मानिन्छ।

कुनै कारण बिना हुने उच्च रक्तचाप जसलाई हामी प्राइमरी हाइपोटेन्सन भन्छौं। करिब ९० प्रतिशत वयस्कमा यो खालको उच्च रक्तचाप हुन्छ।

के कारणले हुन्छ उच्च रक्तचाप ?
यसका विभिन्न कारण छन्। उच्च रक्तचाप दुई किसिमको हुन्छ। एउटामा कुनै कारण नभएरै पनि उच्च रक्तचाप हुन्छ जसलाई प्राइमरी हाइपोटेन्सन भनिन्छ। करिब ९० प्रतिशत वयस्कमा यो खालको उच्च रक्तचाप हुन्छ। जुन आनुवंशिक तथा पर्यावरणीय कारक जस्तै मोटोपन, मदिरापान, धुम्रपान, शारीरिक व्यायामको अभाव, धेरै नुनको सेवनले गर्दा हुने गर्दछ। माध्यमिक उच्च रक्तचाप मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबडी, औषधी, विषको प्रभाव, गर्भावस्थाको कारण हुने गर्दछ।

उच्च रक्तचाप भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
सामान्यत उच्च रक्तचापको लक्षण देखापर्दैन। लक्षण बिनानै यसको असर देखिने भएकाले यसलाई साइलेन किलन पनि भनिन्छ। विशेष टाउकोको पछिल्लो भाग दुख्नु, दृष्टि धमिलो हुनु, चक्कर लाग्ने, वाकवाकी, बान्ता आउने, नाकबाट रगत आउने, कानमा आवाज गुन्जिरहनु आदि उच्च रक्तचापका लक्षण हुन्। त्यस्तै एक्कासी धेरै बढ्यो भने मुटु, मस्तिष्क, आँखा, मिर्गौला लगायतका अंगमा क्षति पनि हुनसक्छ।

स्वस्थ मानिसमा रक्तचापको मात्रा कति हुनुपर्ने हो ?
औषतमा स्वस्थ मानिसमा माथिको १२० र तलको ८० को आसपास हुनुपर्छ। तर माथिको १४० र तलको ९० भन्दा माथि हुनु स्वास्थ्यका लागि खतरा मानिन्छ।

रक्तचाप एक्कासी धेरै बढ्यो भने मुटु, मस्तिष्क, आँखा, मिर्गौला लगायतका अंगमा क्षति हुनसक्छ।

कुन उमेर र अवस्थामा उच्च रक्तचापको जोखिम बढी हुन्छ ?
उमेर बढ्दै जाँदा रक्तचाप पनि बढ्दै जान्छ। सामान्यतया रक्तचापको वर्गीकरण र प्यारामिटर वयस्कलाई आधार मानेर बनाइएको छ। १८ वर्षभन्दा माथि रक्तचाप बढ्दै जान्छ र ५०–६० वर्षसम्म बढ्ने क्रममै हुन्छ। त्यो उमेर नाघेर गएपछि कहिलेकाहीँ तलको प्रेसर घट्न सक्ने सम्भावना हुन्छ। तर समग्रमा भन्नुपर्दा उमेरसँगै उच्चरक्तचाप पनि बढी नै हुन्छ।

गर्भावस्थामा पनि रक्तचापको जोखिम हुन्छ भनिन्छ, यो के कारणले हुन्छ ?
गर्भ रहेको बेला कहिलेकाहीँ हर्मोनको कारणले गर्दा उच्च रक्तचापको जोखिम हुन्छ। यस्तो बेलामा रक्तचाप घटाउन सबैखाले औषधी खान नमिल्ने भएकाले अलि ध्यान दिनुपर्छ। प्राय गर्भावस्थामा बढेको रक्तचाप बच्चा जन्मिसकेपछि आफै नियन्त्रण हुने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यो दीर्घरोगका रुपमा रहने सम्भावना पनि हुन्छ।

नेपालमा अहिले उच्च रक्तचापका बिरामीको अवस्था कस्तो छ ?
विभिन्न अनुसन्धानका आधारमा भन्नुपर्दा नेपालमा २५ देखि ३५ प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या छ। प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा आएको परिवर्तन, व्यायामको कमी, खानपान, धुम्रपान र मद्यपानको सेवन लगायका कारणले यो नेपालीको आम समस्याको रुपमा बढिरहेको छ।

विभिन्न अनुसन्धानका आधारमा भन्नुपर्दा नेपालमा २५ देखि ३५ प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या छ।

यसको उपचार विधि के छ ?
यसको उपचार सामान्यतया २ प्रकारको हुन्छ। एउटा औषधीबाट गर्ने उपचार जसमा नियमित रुपमा औषधी सेवन गर्ने र अर्को बिना औषधी गर्ने उपचार मुख्य हुन्छ। उच्च रक्तचाप देखिसकेपछि प्राइमरी हो कि सेकेण्डरी कुन खालको रक्तचाप हो पहिले जाँच गरेपछि मात्र भन्न सकिन्छ। जसले गर्दा उच्च रक्तचाप हुने कारण पत्ता लगाएर नियन्त्रण गर्न सकिन्छ। मिर्गौला र मुटुतर्फ रक्तसञ्चार हुने नलीमा केही गरी अवरोध पुगेर रक्तचाप बढेको हो भने त्यसलाई खोल्न सकिन्छ।

नुनको मात्रा कम गर्ने, चिल्लो र पिरो खानेकुरा नखाने, क्यालोरी भएको खाना नखाने, मोटोपन नियन्त्रणमा राख्ने, सक्रिय जीवनशैली, व्यायाम, तनाव कम हुने खालको वातावरण सिर्जना गर्ने, मधुमेह, थाइराइड लगायतका दीर्घ रोगीले नियमित चेकजाँच गर्न सकियो भने उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

उच्च रक्तचापको जोखिम महिला वा पुरुष कसलाई बढी हुन्छ ?
महिला पुरुष दुवैमा रक्तचापको जोखिम उत्तिकै हुन्छ। तर महिनावारी भइरहेका महिलाभन्दा पुरुषलाई  बढी जोखिम हुन्छ। महिनावारी बन्द भएपछि अर्थात् ५० वर्षभन्दा माथिका महिला पनि रक्तचापको जोखिममै हुन्छन्।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ७ : ०० बजे

देश र जनताको हितलाई सर्वोपरि राख्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

झापा – कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।