अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै « Khabarhub

अमेरिकाले ‘हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउँदै


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक विधेयकको विषयलाई लिएर अमेरिकाले हङकङका केही अधिकारी माथि भिसा प्रतिबन्ध लगाउने भएको हो ।

अमेरिकाका अनुसार सो कानुनले जनताको ‘मानवअधिकार र स्वतन्त्रता’ को हनन गर्ने काम गरेको छ । अमेरिकाले हङकङका अधिकारीहरूले गरेको ‘क्र्याक डाउन’मा  देशद्रोह, जासुसी र अन्य अपराधहरूलाई लक्षित गर्ने नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि यो कदम चालेको हो ।

संयुक्त राज्य अमेरिकाका अनुसार सो नयाँ राष्ट्रिय सुरक्षा नीति बनाउन संलग्न ती अधिकारीहरूले ‘अधिकार र स्वतन्त्रता’ नदिने खोज्ने  जिम्मेवार अधिकारीहरूलाई नयाँ भिसा प्रतिबन्ध लगाउनेछ ।

चीनको शासित क्षेत्रमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएको केही दिनपछि अमेरिकाले यो कदम चालेको हो ।

नयाँ कानूनको धारा २३ मा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारको विरोध गर्नेहरूले अब कथित देशद्रोह, जासूसी, राजद्रोह र हङकङको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप जस्ता अभियोगको सामना गर्नुपर्ने हुन्छ । नेतृत्वप्रति सबै प्रकारका असहमतिलाई रोक्न सो कानुनले बाटो खोलेको थियो ।

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने, ‘यो कानून हङकङ भित्र असहमतिलाई दबाउन र विदेशमा कार्यकर्ताहरूलाई धम्की दिने चीनको अभियानलाई अगाडि बढाउन प्रयोग गर्ने देखिएको छ ।’

बेलायतले १९९७ मा सो शहर चीनलाई हस्तान्तरण गरेको थियो, त्यसपछि सो क्षेत्र चीन शासित क्षेत्रको रूपमा रहँदै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु