अनलाइन मार्फत ठगी गर्ने दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

अनलाइन मार्फत ठगी गर्ने दुई चिनियाँ नागरिक पक्राउ


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले हिजो साँझ पर्साको वीरगन्जबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूमाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ । पक्राउ परेकाहरूले वीरगन्जको लक्ष्मणवामा कार्यालय स्थापना गरी अनलाइनमार्फत ठगी गर्ने गरेको खुलेको छ ।

पक्राउ पुगेकाहरूबाट ८० थान डेस्कटप मनिटर, २५ थान मोबाइल, ल्यापटपका सामानलगायत बरामद गरेको ढुङ्गेलले जानकारी दिए । उनीहरूले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चिनियाँ नागरिकहरूको गतिविधिमा शंका लागेपछि प्रहरीले केही सातादेखि उनीहरूको निगरानी गरिरहेको थियो ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : ४९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको