विस्केट जात्राका लागि भैरवनाथको रथ तयार गरिँदै (फोटोफिचर) « Khabarhub

विस्केट जात्राका लागि भैरवनाथको रथ तयार गरिँदै (फोटोफिचर)



काठमाडौँ– काठमाडौँ उपत्यकाको भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने विस्का (विस्केट) जात्राका लागि भैरवनाथको रथ बनाउने काम सुरु भएको छ ।

यो जात्रा प्रत्येक नयाँ वर्ष सुरु हुनु चार दिन अघि र नयाँ वर्ष सुरु भएको पाँचदिनसम्म मनाइन्छ ।  प्यागोडा शैलीमा काठैकाठले बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

लिच्छविकालदेखि व्यवस्थित रूपमा मनाउन थालिएको यो जात्रा भैरवनाथ तथा भद्रकाली देवीदेवतालाई काठ तथा बेतबाट निर्माण गरिएको प्यागोडा शैलीको कलात्मक रथमा राखी घुमाइन्छ ।

भक्तपुर नगरभित्रका नेवार समुुदायले मनाउने यस जात्रामा तान्त्रिक विधिले निर्माण गरिएको श्रीभैरव र भद्रकालीको रथ तौमडीस्थित पाँचतले मन्दिर प्रांगणबाट क्वाँछे, कुमारीपाटी, साकोथा, सुकुलढोका, गोलमडी, गाःहिटी, भेलुखेल क्षेत्रसम्म तानेर पुर्‍याउने चलन छ ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौँ युवाले रथ तान्ने गर्दछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : १९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव