न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति गठन हाेस – सांसद सिंह « Khabarhub

न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति गठन हाेस – सांसद सिंह


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशले गरेको न्याय निरूपणको बारेमा संसदीय छानबिन गर्नुपर्ने उनको भनाई छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानुनको आधारमा हुनुपर्ने बताउँदै व्यक्तिको अनुहार हेरेको आधारमा फैसला गर्न नहुने बताए ।

गत शुक्रबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुन आदेश भएको थियो । उक्त आदेशतर्फ संकेत गर्दै सांसद सिंहले भने, ‘वर्षौदेखि रहेका जनताका मुद्दा पेसीमा नचढ्ने । कसैको एकै महिनामा पाँच पटक पेशी चढ्ने ?’

न्यायपालिकाको निर्णय प्रक्रिया संविधान र कानुनसम्मत हुनुपर्ने भन्दै उनले कुन आधारमा निर्णय भइरहेको छ त्यसका लागि न्यायाधीशहरुको मोबाइल रेकर्ड मनिटरिङ हुनुपर्ने माग राखे ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : ०१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि