कोभिडमा पौने तीन करोडको भ्रष्टाचार गरेको आरोप, ६ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

कोभिडमा पौने तीन करोडको भ्रष्टाचार गरेको आरोप, ६ जनाविरुद्ध मुद्दा दायर


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोभिड महामारीमा स्वास्थ्य सामग्री खरीद गर्दा पौने ३ करोड बराबरको भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेतासहित वायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा विपक्षीहरुले कोभिडको समयमा स्वास्थ्य सामग्री खरीद गर्दा २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको अनियमितता गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ५८ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश