गुलसनले उत्कृष्ट बलिङ गर्दा ९८ रनमै रोकियो गुजरात | Khabarhub Khabarhub

गुलसनले उत्कृष्ट बलिङ गर्दा ९८ रनमै रोकियो गुजरात


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुलसन झाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ । गुलसन एक्लैले चार विकेट लिएको खेलमा गुजरातले १८.२ ओभर खेल्दा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले तीन विकेट लिए भने सोमपाल कामीले एक विकट लिए ।

दुई विकेट रन आउट हुँदा गुजरातले १८.२ ओभरमा ९८ रन मात्र बनाउन सक्यो । ९९ रनको लक्ष्य पाएको नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ३६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना