सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ: उर्जामन्त्री बस्नेत « Khabarhub

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ: उर्जामन्त्री बस्नेत


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् ।

नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले सौर्य ऊर्जाको प्रर्वद्धनसहित ऊर्जा पहुँच र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि सौर्य गठबन्धन गठन भएको बताए । साथै, संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु लगायत एक सय १८ देशले हस्ताक्षर गरेको र ९७ देशले स्वीकृत गरेको बताए ।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने प्रतिबद्धताका लागि नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले बताए ।

त्यस्तै, बैठकमा अन्य सांसदहरुले सौर्य ऊर्जाका क्षेत्रमा ठुलो वैदेशिक लगानी भित्रयाउन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ५८ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य