सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ: उर्जामन्त्री बस्नेत | Khabarhub Khabarhub

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक छ: उर्जामन्त्री बस्नेत


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् ।

नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले सौर्य ऊर्जाको प्रर्वद्धनसहित ऊर्जा पहुँच र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि सौर्य गठबन्धन गठन भएको बताए । साथै, संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु लगायत एक सय १८ देशले हस्ताक्षर गरेको र ९७ देशले स्वीकृत गरेको बताए ।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने प्रतिबद्धताका लागि नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले बताए ।

त्यस्तै, बैठकमा अन्य सांसदहरुले सौर्य ऊर्जाका क्षेत्रमा ठुलो वैदेशिक लगानी भित्रयाउन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ५८ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने