गुजरातविरुद्ध नेपालको सानदार जित « Khabarhub

गुजरातविरुद्ध नेपालको सानदार जित


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ९९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

गुलसन झा र करन केसीको उत्कृष्ट बलिङमा ९८ रनमा रोकेको गुजरातविरुद्धको जितमा नेपालका अनिल साहले नटआउट ३२ र रोहीत पौडेल नटआउट ३३ रन बनाए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा आसिफ सेख १६ रनमा पभेलिएन फर्किए ।

टस जितेर पहिला बलिङ रोजेको नेपालका गुलसन एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट र सोमपाल कामीले एक विकट लिँदा गुजरात १८.२ ओभर अलआउट भयो । गुजरातको दुई विकेट रन आउट भएको थियो ।

नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १