गुजरातविरुद्ध नेपालको सानदार जित « Khabarhub

गुजरातविरुद्ध नेपालको सानदार जित


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ९९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

गुलसन झा र करन केसीको उत्कृष्ट बलिङमा ९८ रनमा रोकेको गुजरातविरुद्धको जितमा नेपालका अनिल साहले नटआउट ३२ र रोहीत पौडेल नटआउट ३३ रन बनाए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा आसिफ सेख १६ रनमा पभेलिएन फर्किए ।

टस जितेर पहिला बलिङ रोजेको नेपालका गुलसन एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट र सोमपाल कामीले एक विकट लिँदा गुजरात १८.२ ओभर अलआउट भयो । गुजरातको दुई विकेट रन आउट भएको थियो ।

नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४८ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि